२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलस्रोत मन्त्री बुढा र सचिव भट्टबीच कार्यसम्पादन सम्झौता

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र प्रदेश सचिव इन्द्र देव भट्टबीच कार्यसम्पादन करार सम्झौता भएको छ।

बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भएका उद्देश्यअनुरूपका कामकारबाहीलाई प्रभावकारी बनाउन र कार्यसम्पादनका आधारमा पुरस्कार तथा सजाय व्यवस्थापनलाई प्रवर्द्धन गर्न मन्त्री र सचिवबीच १२ बुँदे कार्यसम्पादन करार सम्झौता गरिएको हो।

सम्झौतामा सिँचाइ, खानेपानी, विद्युतीकरणरऊर्जा विकास लगायतका भौतिक पूर्वाधारहरूको आवधिक तथा नियमित मर्मत गराउने, सिँचाइ तथा खानेपानी संरचना निर्माण गराउने (नयाँ तथा क्रमागत) र संघीय सशर्त कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रगत योजनाको निर्माण लगायतका क्रियाकलाप समेटिएका छन्।

त्यस्तै, टार सिँचाइ, जनता तटबन्ध, जनता सिँचाइ, ग्रामीण विद्युतीकरणसम्बन्धी सम्भाव्यता अध्ययन र पुँजीगत अनुसन्धान तथा परामर्श लगायतका क्रियाकलाप पनि समेटिएको मन्त्रालयका प्रवक्ता तथा सिनियर डिभिजनल इन्जिनियर पदमराज देवकोटाले जानकारी दिए। उनका अनुसार, सम्झौतामा खरिद प्रक्रिया प्रारम्भ, सम्झौता, कार्यप्रारम्भ, अनुगमन, मूल्यांकन, प्रतिवेदन, निर्देशन लगायतका कार्यसम्पादन मापन सूचकहरू तोकिएका छन्।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव भट्टले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयसहित ९ जिल्लाका कार्यालय प्रमुखसँग पनि कार्यसम्पादन करार सम्झौता गरेका छन्। कार्यक्रममा मन्त्री बुढाले चालु आर्थिक वर्षमा कार्यसम्पादन र योजनाको गुणस्तरीयतामा ध्यान दिन तथा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिइन्।

मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित २ अर्ब ८६ करोड बजेटमध्ये २ अर्ब २८ करोड (७९.५४ प्रतिशत) खर्च गरेको छ। जसमा पुँजीगततर्फ ८०.५५ प्रतिशत र चालुतर्फ ६७.३६ प्रतिशत खर्च गरेको प्रवक्ता देवकोटाले जानकारी दिए।

यो खर्च कर्णाली प्रदेशका विकासे मन्त्रालयहरूको तुलनामा सबैभन्दा बढी हो। चालु आर्थिक वर्षमा मन्त्रालयमा ३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।