२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले भने-‘पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले मुलुकमा प्राण त्याग्ने अवसर समेत दिएन’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले मुलुकमा प्राण त्याग्ने अवसर समेत नदिएको स्मरण गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई स्मरण गरेका हुन् ।

आज पुष्पलाल स्मृति दिवस हो । हिजो नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवस थियो ।

नेपालको राजनीतिलाई जहानियाँ राणा शासनबाट प्रजातन्त्रतर्फ लैजाने नेतृत्व गरेका बीपी र पुष्पलालप्रति प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली अर्पण गरे ।

‘बीपी र पुष्पलाललाई स्मरण गरिरहँदा आज म मतभेद र मनभेदको हैन, एकता र मेलमिलापको कुरा गर्ने अनुमति चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने ।

यहीँनेर प्रधानमन्त्री ओलीले पुष्पलालको प्राण त्यागको विषय स्मरण गरेका हुन् ।

‘मुलुकको समृद्धि र जनताको सुखका लागि जीवनपर्यन्त संघर्ष गर्ने पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले आफ्नो प्रिय मुलुकमा प्राण त्याग्ने अवसर समेत दिएन,’ प्रधानमन्त्री ओलीले भने ।

ओलीका अनुसार पुष्पलालले देखेको तानाशाही विरुद्धको संयुक्त जनआन्दोलनको व्यावहारिक प्रयोग नेपाली काँग्रेस र तत्कालीन संयुक्त वाममोर्चा मार्फत २०४६ सालमा भयो । बहुदलीय व्यवस्थाको स्थापना भयो ।

नेपाली काँग्रेसले नेतृत्व गरेको राजनीतिक धार र कम्युनिस्ट पार्टीले नेतृत्व गरेको राजनीतिक धारको एकताबाटै मुलुकमा परिवर्तन हुने र प्राप्त उपलब्धि संस्थागत हुने पुष्पलालको सोच पटक पटक नेपालको राजनीतिको प्रत्येक अप्ठ्यारो मोडमा प्रयोग भएको र सफलता समेत प्राप्त भएको बताए ।

२०१७ सालको ‘कु’ पछि पुष्पलालले माग गरे झैँ हाम्रो संयुक्त आन्दोलनले विघटित संसद्को पुनर्स्थापना २०६३ सालमा भएको बताए । जसले नेपालको राजनीतिक प्रणालीमा गुणात्मक परिवर्तन गरिदियो । अढाइ शताब्दी लामो शाह वंशीय राजतन्त्रलाई निलम्बन गरी जननिर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रप्रमुख र सरकार प्रमुखको अधिकार प्रयोग गर्ने परिस्थिति निर्माण गर्‍यो ।

हन्डर ठक्कर खाएपछि मात्र कार्यगत एकता गर्ने आनिवानी अनुरूप बिथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइएको पनि प्रधानमन्त्री ओलीले बताए ।

उनले अगाडि भनेका छन्, ‘आज काँग्रेस-एमालेको योजनामा, अन्य दलहरूको समेत सहभागितामा निर्मित मेरो नेतृत्वको यो सरकार त्यहीँ एकता-सहकार्य-प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छ ।’