२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरधाममा ७ वर्षपछि आन्तरिक लक्ष्यभन्दा बढी राजस्व संकलन

अ+ अ-

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले सात वर्षपछि तोकिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । विभिन्न परिसूचकका आधारमा गरिएको कार्यसम्पादनपछि सो कार्यालयले सात वर्षपछि आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको सो कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख आनन्दकुमार गुप्ताका अनुसार आर्थिक वर्ष २०८१/८२ मा वार्षिक लक्ष्य रु चार अर्ब ८८ करोड ६८ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकोभन्दा बढी रु चार अर्ब ९० करोड ४३ लाख कुल राजस्व संकलन गरेको छ । 

साथै कार्यालयले लामो समयदेखि राजस्व नतिर्ने १२५ व्यावसायिक फर्मलाई  कारबाही प्रक्रिया अघि बढाएको छ । त्यसमध्ये कारबाहीमा परेकामध्ये १० वटा फर्मबाट रु चार करोड ३० लाख राजस्व संकलन भएको कार्यालय प्रमुख गुप्ताले जानकारी दिए। 

सोही अवधिमा कार्यालयले आयकरतर्फ रु एक अर्ब ३२ करोड  ५३ लाख ७४ हजार, बहालकरतर्फ रु तीन करोड ३४ लाख ४५ हजार, ब्याजकरतर्फ रु सात करोड ९५ लाख २९ हजार, मूल्य अभिवृद्धिकरतर्फ रु एक अर्ब नौ करोड ८० लाख ६४ हजार, अन्त:शुल्ककरतर्फ रु दुई अर्ब ३६ करोड ६० लाख १० हजार, स्वास्थ्यकरतर्फ रु चार लाख ७९ हजार, शिक्षाकरतर्फ रु तीन हजार तथा अन्यकरतर्फ रु १४ लाख ३७ हजार गरी कुल रु चार अर्ब ९० करोड ४३ लाख ४१ हजार राजस्व संकलन भएको जानकारी दिइएको छ ।

सोही अवधिमा कार्यालयले आयकरतर्फ रु एक अर्ब ५८ करोड ६० लाख, बहालकर रु ५४  करोड ४४ लाख ८०, ब्याजकर रु सात करोड ६१ लाख ३१ हजार, मूल्य अभिवृद्धिकरतर्फ रु एक अर्ब १७ करोड १७ लाख १४ हजार, अन्त:शुल्ककरतर्फ रु एक अर्ब ९९ करोड ६१ लाख छ हजार, स्वास्थ्यकरतर्फ रु २१ लाख ८३ हजार, शिक्षाकरतर्फ रु दुई लाख पाँच हजार गरी कुल रु चार अर्ब ८८ करोड ६८ लाख २४ हजार राजस्वको लक्ष्य रहेको थियो । 

करिब ३५ हजार करदाता रहको सो कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२मा बढी राजस्व संकलन गरेको सो कार्यालयद्वारा प्राप्त तथ्यांकमा जनाइएको छ । विवरणमा आर्थिक वर्ष २०८०/८१ मा रु तीन अर्ब ८२ करोड ८५ लाख तथा २०८१/८२ मा रु चार अर्ब ९० करोड ४३ लाख राजस्व संकलन गरेको छ ।