२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको जिकिर-‘आगामी महाधिवेशनमा हामीले नेतृत्वको प्रतिस्पर्धालाई रोकेका छैनौँ’

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आगामी महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाका लागि कसैलाई पनि नरोकेको दाबी गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् ।

‘विधानले जो सुकैलाई प्रतिस्पर्धा गर्ने अधिकार दिएकै छ । भोलि अधिवेशन हुँदा वैधानिक व्यवस्थाले कुनै पनि प्रतिनिधिलाई यदि मापदण्ड पूरा गर्छ भने कुनै पनि पदमा उम्मेदवार बन्ने हक राख्छ । हाम्रो व्यवस्थाले कसैलाई पनि छेकेको छैन । प्रतिस्पर्धा बन्ने अधिकार सुरक्षित छ,’ पोखरेलले भने ।

उनले दुई वर्षे कार्यकाल र ७० वर्षे उमेरहदको विषय हटाउनुले अध्यक्षको दाबेदार ओली नै हो भन्ने कुरा राजनीतिक भएको जिकिर गरे ।

‘नेकपा एमालेभित्रको नेतृत्व विकासको सन्दर्भमा हेरिएको छ । हामीले दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाएको कारणले केपी शर्मा ओली निर्विकल्प, निर्विवाद हुनुभयो भन्ने कुरा राजनीतिक कुरा हो,’ उनले भने ।

उनले राजनीतिक कसैलाई छेकेर कसैलाई स्थापित गर्ने विषय नभएको पनि बताए ।

‘तर, केन्द्रीय कमिटीका अधिकांश सदस्यले मिसन ०८४ को नेतृत्व गर्नका लागि सबैभन्दा उपयुक्त पात्र अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ भन्ने रायले विधानलाई खण्डित गर्दैन,’ उनले भने, ‘विधानको विषयमा हामी छलफल गर्दैछौं । यसले प्रतिस्पर्धालाई रोकेको छैन । खुला नै गरेको छ ।’

७० वर्ष पुगेको व्यक्तिले पनि स्वभाविक रूपमा नेतृत्वको श्रेष्ठता हासिल गर्न सक्छ भने उसलाई किन अघि नबढाउने भन्ने आधारमा यो निर्णय भएको बताए ।