२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झोलुंगे पुलबाट कालीगण्डकी नदीमा खसेका युवाको जीवितै उद्धार

अ+ अ-

मुस्ताङ । थासाङ गाउँपालिका-२ स्थित खन्ती-सौरु जोड्ने निर्माणाधीन ‘सस्पेन्सन’ झोलुंगे पुलबाट कालीगण्डकी नदीमा खसेका एक युवाको जीवितै उद्धार गरिएको छ ।

थासाङ गाउँपालिका-१ टुकुचे बस्ने २० वर्षीय युवक पेम्बा शेर्पा पुलबाट खसेका थिए । कोवाङ प्रहरी चौकीका सुरक्षाकर्मी र थासाङ गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारीले संयुक्त रूपमा उद्धार गरेको हो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले कालीगण्डकी नदीमाथि ५७० मिटर लम्बाइको झोलुंगे पुल निर्माण गरिरहेको छ ।

निर्माणाधीन पुलको दायाँबायाँ तर्फ बार लगाउन बाँकी थियो । उक्त पुलबाट सौरु गाउँतर्फ सामान पुर्‍याउने क्रममा अचानक शेर्पा कालीगण्डकी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास खत्रीले जानकारी दिए ।

कालीगण्डकी नदीमा खसेका शेर्पाको जीवितै सकुशल उद्धार गरिए पनि अनुहार र शरीरका विभिन्न भागमा चोटपटक लागेको थासाङ गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दलाल ढकालले जानकारी दिए। घटनाको सूचना चाँडो प्राप्त भएकाले सकुशल उद्धार गर्न सफल भएको स्वास्थ्य संयोजक ढकालको भनाइ छ ।

घाइते शेर्पालाई उपचारका लागि थासाङ-३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको र त्यहाँबाट थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल पठाउने तयारी भइरहेको जनाएको छ ।