२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहाको बेतौनावासीको गुनासो, ‘हाम्रो आवाज सुन्ने कोही भएनन्’

अ+ अ-

सिरहा । गोल बजार नगरपालिका-१२ स्थित बेतौना पालटोलका बासिन्दा पछिल्लो १० वर्षदेखि विकासको बाटो कुर्दै बसेका छन् । दुई पटक स्थानीय निर्वाचन सम्पन्न भइसकेको भए पनि यहाँका बासिन्दाले अझै विकासको स्वाद चाख्न पाएका छैनन् ।

एक सयभन्दा बढी घरपरिवार रहेका यो बस्तीमा न बाटो मर्मत भएको छ, न खानेपानी, न त अन्य कुनै पूर्वाधार निर्माण नै । वरपरका गाउँमा सडक ढलान, मन्दिर, पाहुना घर, विद्युती करणजस्ता सम्पन्न भइसके पनि पालटोलमा भने अहिलेसम्म विकासका नाममा एक चपेटा माटोसमेत हालिएको छैन ।

विकासका नाममा राज्यका विभिन्न सरकारी निकाय तथा जनप्रतिनिधिबाट सधैँ उपेक्षा गरिएको भन्दै स्थानीय पूर्व शिक्षक शम्भु राउत भन्छन्, “हामी विपक्षी ठहरिएका छौँ, त्यसैले जनप्रतिनिधिले नजरअन्दाज गरे । पटक पटक वडाबाट पालिकासम्म गुहार गर्दा पनि हाम्रो आवाज सुन्ने कोही छैन ।”

बस्तीका ७८ वर्षीय सुकदेव राउतको गुनासो उस्तै छ । उनी भन्छन्, “अब त पानी पनि अरूकहाँबाट ल्याएर पिउनुपरेको छ ।” अन्य स्थानीयहरूले पनि बस्तीलाई दलगत राजनीतिले विभाजित गरेर विकासबाट टाढा राखिएको आरोप लगाएका छन् ।

यसबारेमा वडाध्यक्ष गणेशकुमार मुखिया भन्छन्, “बजेट अभावका कारण काम ढिलो भएको हो । हामीले पालटोललाई बेवास्ता गरेका होइनौँ । सडक ढलानको काम एकै पटक मिलाएर प्रभावकारी बनाउने सोच छ, त्यसैले केही समय लागिरहेको हो । विकास गर्न हामी पनि इच्छुक छौँ, तर स्रोत साधनले सीमित बनाएको छ ।”

नगरप्रमुख श्यामकुमार श्रेष्ठले पालटोलको अवस्थाबारे जानकारी रहेको भन्दै नगरपालिकाले सम्भव भएसम्म छिट्टै पूर्वाधार विकास गर्ने योजना बनाइरहेको बताए । “हामीलाई पालटोलका समस्या थाहा छ, बजेट र प्राथमिकताको आधारमा पालिकाभित्रका सबै वडामा विकासको सन्तुलन मिलाउने कोसिस गर्दैछौँ”, उनले भने, “यसपालिको नीति तथा कार्यक्रममा पनि पालटोललाई समेट्ने प्रयास गरिएको छ ।”

तर १० वर्षसम्मको प्रतीक्षा, गुहारी, माग र आश्वासनबीच पनि काम नहुनु अब पालटोलवासीका लागि पीडाभन्दा पनि चिन्ताको विषय बन्न थालेको छ ।