काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता विवाद सल्टिएको छ ।
कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा सोमबार बिहान ११ बजेदेखि ५ बजेसम्मको छलफलपछि सहमति जुटेको हो ।
उपकुलपति प्रा.डा. दीपक अर्यालले समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको पुल्चोक क्याम्पसले जनाएको छ ।
सहमतिको बुँदा भने सार्वजनिक गरिएको छैन । क्याम्पसका अनुसार उपकुलपति अर्यालले भोलि मंगलबार पत्र सर्कुलर गर्नेछन् । सहमति भएसँगै भोलिदेखि कक्षा सञ्चालन हुने भएको छ ।







