काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धादिङ घर भएका हाल भक्तपुर मध्यपुर थिमी बस्ने २९ वर्षीय सुदिप सापकोटालाई शनिबार पक्राउ गरेको हो ।
सुदिपले ग्रिस पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।







