काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-८ स्थित पिपल डाँडा टुसाल चौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसाल चौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका-३ घर भएका हाल तारकेश्वर-४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जानकारी दिए ।
तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले जानकारी दिए।







