२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानका आणविक स्थलहरू पूर्णतया ध्वस्त भएको ट्रम्पको दाबी

अ+ अ-

एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रहरूमा अमेरिकी बमबारीले ती स्थानहरू ‘पूर्णतया ध्वस्त’ भएको बताएका छन् ।

आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ट्रम्पले ‘इरानका तीनवटै आणविक स्थलहरू पूर्णरुपमा ध्वस्त वा नष्ट गरिएको’ दाबी दोहोर्‍याएका छन् । 

उनले भने, “उनीहरूलाई सेवामा फर्काउन बर्सौँ लाग्नेछ र यदि इरानले त्यसो गर्न चाहेको खण्डमा उनीहरूले तीन फरक फरक स्थानमा नयाँ तरिकाले सुरु गर्नु राम्रो हुनेछ ।”

गत जुन २२ मा अमेरिकाले हवाइ आक्रमण गरी इरानको विवादास्पद आणविक कार्यक्रम स्थलमाथि धावा बोलेको थियो ।आक्रमणमा तेहरानको दक्षिणमा रहेको फोर्डोस्थित युरेनियम संवर्द्धन केन्द्रका साथै इस्फाहान र नातान्जका आणविक स्थलमा व्यापक क्षति भएको थियो । 

इरानी आणविक र सैन्य पूर्वाधारविरुद्ध इजरायलको अभियानका क्रममा भएका यी बम विस्फोटलाई वासिङ्टनले आणविक हतियार निर्माण गर्ने बर्सौँ लामो गोप्य प्रयासको ‘नकआउट’ प्रहारका रूपमा लिएको थियो । इरानले आफ्नो असैनिक आणविक शक्ति कार्यक्रमलाई हतियार बनाउने प्रयास नगरेको दाबी गर्दै आएको छ ।

ट्रम्पले पूर्ण रूपमा सफलता हासिल गरेको दाबी गरे पनि धेरै अमेरिकी सञ्चार माध्यमहरूले चुहिएको गुप्तचर सूचनाको हवाला दिँदै आक्रमणबाट सबै इरानी आणविक र सैन्य पूर्वाधार नस्ट नभएको दाबी गरेका छन् । 

एनबीसी न्युजले शुक्रबार प्रकाशित गरेको एक रिपोर्टमा सेनाको क्षतिको आँकलनलाई उद्धृत गर्दै तीनमध्ये एउटा स्थल मात्र ध्वस्त भएको उल्लेख गरिएको छ ।

एनबीसीका अनुसार अन्य दुई स्थल मर्मत योग्य मानिएका छन् र आगामी केही महिनाभित्र युरेनियम संवर्द्धनका गतिविधिहरू पुनः सुरु गर्न सक्षम हुनसक्ने छन् ।

एनबीसीका अनुसार पेन्टागनले ट्रम्पले रोजेको एक रातको अपरेसन नभई केही हप्तासम्म चल्ने बमबारी अभियानमार्फत इरानको सुविधामा अझ बढी क्षति पुर्‍याउने विकल्प तयार पारेको थियो ।

एक वर्तमान र एक पूर्व अधिकारीलाई उद्धृत गर्दै गरिएको रिपोर्ट अनुसार राष्ट्रपति ट्रम्पले हताहत हुने र द्वन्द्वमा फस्ने डरका कारण थप व्यापक आक्रमण योजनालाई अस्वीकार गरेका थिए ।