२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रंगीबिरंगी फूलले सजिएको ढोरपाटन

अ+ अ-

बागलुङ । शान्त वातावरणमा रंगीबिरंगी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शीतल हावापानी बर्खायाममा ढोरपाटनको विशेषता हो यो । थरिथरिका फूलले रंगिएको ढोरपाटन बर्खायाम अन्य यामभन्दा झनै रमाइलो छ ।

बर्खायाम अन्यत्र पर्यटकीय गतिविधि शून्यप्राय: जस्तै हुँदा यस पटक भने बागलुङको ढोरपाटन पर्यटकले ‘गुल्जार’ बनेको छ । आठ किलोमिटर वरपर फैलिएको ढोरपाटन उपत्यकामा फुलेका रंगीबिरंगी वनफूलका कारण ढोरपाटनको छुट्टै रौनकता थपिएको छ ।

ढोरपाटनको फाँट र पाखा अनेक थरिका बुकी फुलेर रंगिएपछि रमणीय बनेको छ । प्रचारप्रसार र पर्यटकीय पूर्वाधारका कारण पछिल्लो समय ढोरपाटनमा बर्खामा समेत उत्तिकै पर्यटक आएको पाइएको छ । बर्खामा ढोरपाटन पुग्ने मुख्य कारण भनेको सयौँ थरिका रंगीबिरंगी फूल रहेको छ ।

स्थानीय ढोरपाटन सामुदायिक घर बासका सञ्चालक मिलन घर्तीका अनुसार असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको आगमन शून्य भए पनि ढोरपाटन ‘गुल्जार’ बनिरहेको बताए । “बर्खामा ढोरपाटन आउने सडक असहज छ तर यहाँको मनोरम दृश्यले पर्यटकको सडक यात्रा बिर्साउने गर्दछ, यस्तो बर्खामासमेत आफ्नो घर बासमा पाहुनाको कमी छैन, पछिल्लो दुई हप्तायता मौसममा सुधार भएसँगै बुकी पुग्ने पदयात्रीले घरबास भरिएर अन्य होटलमा पठाउन बाध्य भएको छु”, घर्तीले भने, “यहाँको मुख्य विशेषता भनेको रंगीबिरंगी फूल हो, पदयात्रा गर्न सक्नेहरू चार हजारभन्दा माथिको उचाइ बुकी पाटनमा पुग्छन् भने पदयात्रा गर्न नसक्ने ढोरपाटन उपत्यकाका फूलसँगै घोडा सफारीमा रमाउने गरेका छन् ।”

पर्यटकका कारण यहाँका घरबास, होटल तथा घोडा व्यवसायीसमेत उत्साहित छन् । पच्चीस जना क्षमता रहेको घरबास यो बर्खामासमेत भरिएर पाहुना अन्य होटल तथा घर बासमा पठाइरहेको बताउँदै यो सिजनमा पोखरा, बुटवलदेखि काठमाडौँबाट समेत पर्यटक आउने गरेको पाइएको छ ।

कञ्चन उत्तरगंगा नदी, सुन्दर र समथर भू-बनोट, अनेकथरि बुकीफूल र त्यसमाथि घोडा चरिरहेको दृश्यले ढोरपाटन पुग्ने जोकोही लोभिने गरेका काठमाडौँबाट मोटरसाइकलमा घुम्न आएका अनिल राजवंशीले बताए । यहाँ फल्ने रातो, सेतो, पहेँलो, गुलाफीजस्ता अनेकौँ थरिका फूलले पर्यटकलाई ढोरपाटन तानिरहेको छ ।

राजवंशीले चार हजार मिटरभन्दा माथिको बुकिपाटनसमेत एक दिनको पदयात्रामार्फत पुगेको बताउँदै ढोरपाटनको सौन्दर्यता वयान गरेर नसक्ने बताउँछन् । बुर्तिबाङबाट ढोरपाटनसम्मको झण्डै ३० किमी सडकलाई स्तरीय बनाउन सकेमा ढोरपाटनमा पर्यटकको कमी नहुने उनको भनाइ छ ।  राजवंशीले कष्टकरयात्रालाई ढोरपाटनको दृश्यले बिर्साउने गरेको बताए ।

“टिकटकमा अहिले निकै सुन्दर दृश्य देखिएका थिए, ढोरपाटन उपत्यका, पदयात्रामार्फत बुटी पाटन गएको, भेडाका बथानसँगै सयौँ थरि फूलहरूको दृश्यले लोभ्यायो एक हप्ताको छुट्टी लिएर श्रीमतीसँगै काठमाडौँबाट ढोरपाटन आएँ”, राजवंशीले भने, “यो बर्खामा समेत पदयात्रीको कमी रहेन बुकी पाटनमा एक दिनमै सयौँ पर्यटक त्यहाँ आफूसँग गएको, पदयात्राका क्रममा बाटोमा साँघु र गोठ निर्माणले यात्रालाई केही सहज बनाएको पाएँ ।”

ढोरपाटनबाट बुकी र जलजला क्षेत्र पुगेर हिमालका सुन्दर दृश्य हेर्न पर्यटक लालयित भएर ढोरपाटन पुग्ने गरेको पाइएको छ । पाटनैभरि फुल्ने वन फूल, फूलमा घोडा, भेडा बाख्रा र गाई भैँसी चर्दै गरेको दृश्यले पर्यटकलाई तान्ने गरेको छ । लेकमा फुल्ने फूललाई समग्रमा बुकीका नामले चिन्ने गरेको स्थानीयको भनाइ छ । अहिले सडक यातायात, होटल तथा घरबास सुविधा, सञ्चारमाध्यमले यहाँ आउन पनि निकै सजिलो भएको छ ।