काठमाडौँ । भारतीय सेनाको आयोजनामा संचालन हुने डुरान कपमा सहभागी हुन त्रिभुवन आर्मी क्लबका खेलाडी भारत प्रस्थान गरेका छन्।
भारतीय सेनाको आयोजनामा जुलाई २३ देखि अगष्ट २३ सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन त्रिभुवन आर्मी क्लब शनिबार भारततर्फ प्रस्थान गरेको हो।
प्रतियोगितामा सहभागी हुने टोलीलाई सैनिक तालिम महानिर्देशक उपरथी ध्रुवप्रकाश शाहले जंगी अड्डामा एक कार्यक्रमकाबीच बिदाइ गरेका थिए। प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले इन्डियन आर्मी एफटिसँग प्रतिस्पर्धा गर्नेछ।







