पोखरा । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउन सेवाग्राहीसँग घुस लिएको आरोपमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत एक कर्मचारीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयका अनुसार कार्यालय सहयोगी दिपक पौडेलले सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरी दिने, लिखित परीक्षा पास गराइदिने र ट्रायल परीक्षा समेत उत्तीर्ण गराइदिने भन्दै सेवाग्राहीसँग सात हजार घुस दिई सकेको अवस्थामा पक्राउ परेका थिए ।
सेवाग्राहीबाट प्राप्त सूचना र उजुरीको आधारमा अख्तियारको टोली खटिएको थियो। टोलीले पौडेललाई सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा मङ्गलवार पक्राउ गरेको आयोगले जनाएको छ।
पक्राउ परेका पौडेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ।







