२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ पूर्ण खोपयुक्त जिल्ला घोषणा

अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले काठमाडौँलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका हुन्।   

उनले सबै बालबालिकाले पूर्ण खोप लगाएपछि मात्र रोगबाट बच्न सकिने भन्दै पूर्ण खोपयुक्त बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए । प्रदेश सरकारको ध्यान गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नेतर्फ रहेको भन्दै मन्त्री थापामगरले यसमा सहयोगका लागि सबैलाई आग्रह गरे । 

मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले बागमती प्रदेशका सबै जिल्ला पूर्ण खोपयुक्त घोषित भएकाले चाँडै नै प्रदेशलाई  पूर्ण खोपयुक्त घोषणा गरिने बताए । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले हाल रोग व्याधि धेरै भए पनि खोपका कारणले घटेको बताए । 

कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेर मात्र नहुने भन्दै त्यसलाई दिगो बनाई राख्नुपर्नेमा जोड दिए । 

जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष श्याम डोटेलले कोही पनि खोप लगाउनबाट छुट्न नहुने बताए । 

पूर्ण खोपयुक्त घोषणाका लागि नौ प्रकारका खोप दिइने गरिन्छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले ती खोप जन्मदेखि १५ महिनासम्म बालबालिकालाई सात पटकमा १८ मात्रा लगाएको हुनुपर्ने बताए । जन्मनै बित्तिकै क्षयरोगविरुद्धको बिसिजी खोप र १५ महिना पुगेपछि दादुरा-रुबेला तथा  टाइफाइड रोगविरुद्धको खोप दिने गरिन्छ । 

काठमाडौँमा ६८ हजार १०० जना बालबालिकालाई पूर्ण खोप लगाइएको त्यस अवसरमा जानकारी दिइयो । कार्यक्रममा उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।