२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक सचेतना कक्षा अब नागरिक एपबाटै लिन सकिने

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमका बीच उनले अनलाइन सचेतना कक्षको शुभारम्भ गरेका हुन् ।

योसँगै अब मापसे, लेन अनुशासन लगायतका कसुर गर्नेले अनिवार्य रूपमा ट्राफिक कार्यालय पुगेर कक्षा लिनुनपर्ने भएको छ ।

अनलाइन कक्षाको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले प्रविधिको प्रयोग गरी नागरिक एपमार्फत अनलाइन ट्राफिक सचेतना कक्षा लिन सक्ने व्यवस्था गरिएको बताए ।

‘योसँगै नेपाल प्रहरीमा प्रविधिको प्रयोगमा नयाँ आयम थपिएको छ’, उनले भने, ‘नेपाल प्रहरी एकपछि अर्को प्रविधिमा प्रवेश गरी राखेको छ भने सरकार पनि प्रहरीलाई प्रविधियुक्त बनाउन सदैव क्रियाशील छ ।’

प्रविधिको प्रयोगले कहिले कहीँ जोखिम र जटिलता निम्त्याउनसक्ने भन्दै उनले प्रविधिको प्रयोग गर्दा थप सचेत पनि हुनुपर्ने बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले आजको दिनमा नागरिकको सेवा र सुरक्षाको विविध क्षेत्रमा प्रविधिको प्रयोग नजर अन्दाज गर्न नसकिने बताए ।

‘नेपाल प्रहरीले समाजको गतिलाई हृदयगमन गर्दै आफ्नो सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई सदैव प्राथमिकता दिँदै आएको छ’, उनले भने, ‘प्रहरीले दिने सेवाहरू प्रविधिमैत्री बनाउँदै लैजाने चरणको अर्को अध्याय स्वरूप नै यो अनलाइन ट्राफिक सचेतना कक्षा सञ्चालन हो ।’

आगामी दिनमा पनि नागरिकको सेवा र सुरक्षाका विविध विषयहरूको पहिचान र डिजिटल प्रणालीको विकास गरी सेवा प्रवाहलाई विस्तार गर्दै लगिने समेत उनले बताए ।

प्रहरी महानिरीक्षक थापाले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले पछिल्लो समयमा अनुसरण गरेका प्रविधिहरूले सडक दुर्घटना रोकथाम र न्यूनीकरणमा प्रभावकारिता ल्याएको समेत बताए ।

अनलाइन ट्राफिक सचेतना कक्षा सेवाग्राहीलाई सहज हुने भएकोले सेवाग्राहीहरूको पनि पर्याप्त सहयोग हुने विश्वास उनले व्यक्त गरे ।

‘प्रयोगकर्ताबाट हुनसक्ने लापरबाहीलाई नकार्न नसकिने हुँदा त्यसतर्फ पनि पर्याप्त सजगता अपनाउनु पर्छ’, उनले भने ।