२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौद्रिक नीतिपछिको पुँजी बजार: नेप्से परिसूचकमा ३१ अंकको सुधार

अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ । बैंक र लघुवित्त कम्पनीहरूको शेयरमा लगानीकर्ता चासो देखिएको छ । 

आज नेप्से परिसूचक २९ अंकले बढेर दुई हजार ७६० दशमलव ८० बिन्दुमा कायम भएको छ । आजको कारोबारमा ३११ कम्पनीको तीन करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर एक लाख पाँच हजार ४१५ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बैंकिङ समूह तीन दशमलव ३७ र लघुवित्त समूह तीन दशमलव ५० प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक एक दशमलव ४७, वित्त एक दशमलव ८७, होटेल तथा पर्यटन शून्य दशमलव ४८, जीवन बीमा शून्य दशमलव ०२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३१ र म्युचुअल फन्ड एक दशमलव ०८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । जलविद्युत् शून्य दशमलव ८३, लगानी शून्य दशमलव ०८, निर्जीवन बीमा शून्य दशमलव ३४, व्यापार शून्य दशमलव २६ र अन्य समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ ।

एनआईसी एसिया बैंक लिमिटेड र खानेपानी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागको छ । सबैभन्दा धेरै घट्नेमा हिमालयन हाइड्रोपावरको शेयर मूल्य नौ दशमलव ९३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआईसी एसिया बैंक लिमिटेडको सबैभन्दा धेरै रू ३७ करोड १४ लाख ९९ हजार ३२ बराबरको कारोबार भएको भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सनराइज ब्लुचिप फन्डको २० लाख ५४ हजार चार सय कित्ता शेयर किनबेच भएको छ ।