२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रधानमन्त्री र मन्त्रीहरूमा नैतिकताको खडेरी छ’-सांसद राई

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त रहेको तथा मुलुक बिचौलियाले चलाइरहेको पुष्टि भएको टिप्पणी गरेकी छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले पछिल्लो समय बिचौलियाहरूको चलखेल र घुस डिलसम्बन्धी समाचार नियमित रूपमा आउन थालेको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराइन्।

उनले पालिकाका प्रमुख प्रशासकीय अधिकृत र भूमि आयोगको अध्यक्ष नियुक्तिसम्बन्धी अडियो सार्वजनिक भएको घटनालाई स्मरण गर्दै प्रधानमन्त्रीमाथि प्रश्न गरिन्। उनले मन्त्रीका घुस डिलहरू बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ? भन्दै प्रश्न पनि गरिन्।

उनले भने, ‘सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त छ। मुलुक बिचौलियाहरूले चलाइरहेका छन् भन्ने कुराको पुष्टि हुने गरी आएका समाचारहरू बढ्दै छन्। समाचारमा आएको विषय मन्त्रीज्यूको मात्र विषय नभएर सम्माननीय प्रधानमन्त्रीज्यूको पनि हो। कुनै पनि मन्त्रीबारे विवाद आए स्वयं मन्त्री र प्रधानमन्त्रीले सोच्ने विषय हो। मन्त्रीज्यूको विषयमा त पालिका प्रमुख सरुवाको बारेलगायत विषयमा घुस डिल गरेको समाचारहरू आइरहन्थ्यो। यसरी घुस डिल गरेको अडियो सार्वजनिक हुँदा पनि चुप लागेर बस्ने हो सभामुख महोदय ? मन्त्रीका घुस डिलहरू बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ?’

उनले प्रधानमन्त्री र मन्त्रीहरूमा नैतिकताको खडेरी रहेको पनि टिप्पणी गरिन्।