२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री लेखकले भने-‘बाबुबाट पीडित सन्तानका लागि नागरिकता विधेयक संशोधन’

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाबुको संरक्षण नपाएका सन्तानलाई आमाको नामबाट नागरिकता दिई नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले नागरिकतासम्बन्धी विधेयक संशोधन गर्न लागिएको जानकारी गराएका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सन्तानलाई नागरिकता प्राप्तिमा बुबाले असहयोग गरेको खण्डमा आमाको नामबाट नागरिकता पाउन सकिने व्यवस्था विधेयकमा रहेको स्पष्ट पारे ।

गृहमन्त्री लेखकले राष्ट्रिय र नागरिकता नहुनु अत्यन्त पीडादायी अवस्था भएको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न सरकारले विधेयकमा विभिन्न प्रस्तावहरू समावेश गरेको पनि बताए ।

‘कुनै पनि नागरिकको राष्ट्रियता नै नहुनु भनेको एकदमै पीडादायी हुन्छ । त्यसलाई पनि ख्याल गरेर हामीले विधेयकमा यी प्रस्तावहरू गरेका छौँ । आमाले नै वंशजको नागरिकता दिने प्रावधान पनि राख्न सकिन्छ तर त्यसका लागि संविधानतर्फ पनि हेर्नुपर्ने आवश्यकता हुनसक्छ,’ गृहमन्त्री लेखकले भने, ‘अहिले हामीले आमा र बाबु दुवै नेपालकै नागरिक हुन भने वंशज हुन्छ । यदि आमा नेपाली नभए अंगिकृत नागरिकता हुन्छ भन्ने व्यवस्था गरेको कारण संविधानको व्यवस्था नै परिवर्तन हुने गरी ऐन बनायौँ भने त्यो ऐन कार्यान्वयन हुन सक्दैन ।’

वर्तमान व्यवस्थाअनुसार बाबु र आमा दुवै नेपाली नागरिक भएमा मात्र सन्तानले वंशजको नागरिकता पाउने र आमा विदेशी भएमा सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था रहेको उनले स्मरण गरे ।

‘जुन बाबुको सन्तानलाई नागरिकता दिन सहयोग गरिरहेका छैनन् । जुन बाबु भौतिक रूपले बाबु भए पनि आफ्ना सन्तानलाई स्नेह, संरक्षण र अभिभावकत्व दिन तयार छैनन् । र सन्तानले आफ्नो बाबु भएको अनुभूति गर्न सकेको छैन त्यस्ता सन्तान अथवा बाबु पीडित सन्तानको लागि यो व्यवस्था गरिएको हो,’ लेखकले भने ।

गृहमन्त्री लेखकले भोलिको दिनमा आमाले सन्तानलाई नागरिकता लिने प्रक्रियामा असहयोग गरेको खण्डमा बाबुको नामबाट मात्रै नागरिकता पाउन सकिने व्यवस्था समेत गर्न सकिने बताए ।