२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाले भने-‘काँग्रेसमा देश र जनताका लागि काम गर्ने नेता, कार्यकर्ता पाउन मुस्किल’

अ+ अ-

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसमा देश र जनताका लागि काम गर्ने नेता, कार्यकर्ता पाउन मुस्किल भएको बताएका छन् ।

बागलुङका संस्थापक नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३ औँ दिनको श्रद्धाञ्जली सभामा बोल्दै देउवाले कँडेलको जस्तो त्याग र निष्ठा अब नपाइने बताए । कँडेलले राजनीतिमा लागेर कहिल्यै पनि केही नमागेको उनले स्मरण गरे ।

काठखोला गाउँपालिका-५ करलिमस्थित कँडेलकै निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका देउवाले सबैलाई लोकतन्त्रको चिन्ता गर्नसमेत आग्रह गरे । उनले लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित बन्ने धारणा राखेका थिए ।

कार्यक्रममा अर्का नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य चम्पा खड्का, अर्जुन जोशीलगायतले पनि कँडेलप्रति श्रद्धाञ्जली दिए । श्रद्धाञ्जली सभाका लागि काँग्रेसका नेता तथा कार्यकर्ता कँडेल निवास पुगेका थिए । कँडेल २०४८ सालमा बागलुङ क्षेत्र नं १ बाट विजयी सांसदसमेत थिए ।

तत्कालीन संसद् विघटन हुँदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गल्ती गरेको भन्दै औँल्याउने कँडेल थिए । बीपी कोइरालाले मेलमिलापको नीति लिएर आउने बेलामा पनि कँडेल एयरपोर्टबाटै पक्राउ परेर ७ वर्ष जेल बसेका थिए । कँडेल पछिल्लो पटक बीपी चिन्तन प्रतिष्ठानको अध्यक्ष थिए । कँडेलकै अध्यक्षतामा असार २ गते बीपी चिन्तन प्रतिष्ठानमार्फत तीन तहको बजेट निर्माण प्रक्रियाका समस्याबारे छलफल कार्यक्रम सम्पन्न भएको थियो । असार १५ गते कँडेलको निधन भएको हो ।