काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनियमितताको आरोपबारे छानबिन गर्न खेलकुद मन्त्रालयले बनाएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।
कार्यदलकी अध्यक्ष रञ्जना प्रधानले खेलकुद मन्त्री तेजुलाल चौधरीलाई आज प्रतिवेदन बुझाएकी हुन् ।
एनपीएलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि मन्त्रालयले छानबिनका लागि कार्यदल बनाएको थियो । कार्यदललाई सुरुमा १५ दिनको म्याद दिइएको थियो । तर, त्यस अवधिमा कार्यदलले काम नसकेपछि फेरि १५ दिन थपियो । थपिएको म्याद सकिएको छ ।
म्याद सकिने अन्तिम दिन कार्यदलले प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा ९ वटा फायलहरू संलग्न रहेको बुझिएको छ । कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई गत आइतबार पत्र पठाएर जवाफ मागेको थियो ।







