२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारीका लागि नैतिक आचारसंहिता लागू

अ+ अ-

काठमाडौँ । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रि.अ.वि.) मा कार्यरत कर्मचारीहरूका लागि नयाँ नैतिक आचारसंहिता लागू गरेको छ। यो आचारसंहिता आजैबाट लागू भएको अध्यागमन कार्यालय, गौचर, काठमाडौँले जनाएको छ। 

यो आचारसंहिताको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त अनुरूप कर्मचारीहरूलाई राष्ट्रिय कानुन, सामाजिक र सांस्कृतिक मूल्यप्रति जिम्मेवार बनाउनुका साथै सेवा प्रवाहलाई छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ र नतिजामूलक बनाउनु रहेको प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले प्रशासनलाई बताएका छन् । 

यस आचारसंहिताले कर्मचारीहरूलाई प्रस्थान गर्ने यात्रुहरूलाई कम्तीमा ‘शुभ यात्रा’ र नेपाल प्रवेश गर्ने यात्रुहरूलाई कम्तीमा’नेपालमा स्वागत छ, शुभ दिन’ भन्न निर्देश गरेको छ। साथै, यात्रुहरूसँग थोरै र आवश्यक प्रश्नहरू मात्र सोध्ने, खाडी मुलुकलगायत अन्यत्र श्रम गर्न प्रस्थान गर्ने यात्रुहरूसँग सम्मानयुक्त शब्द प्रयोग गर्ने, रूखो व्यवहार नगर्ने र बोलीमा मिठा सपना ल्याउने जस्ता व्यवहार अपनाउनुपर्ने उल्लेख छ। देशको मुहार झल्कने ठाउँ भएकाले पर्यटकहरूसँग बोली र व्यवहारमा आत्मीयता प्रदान गर्नुपर्ने कुरालाई पनि जोड दिइएको छ।

नैतिक आचारसंहिता पालना भए नभएको मुल्यांकन गर्न यात्रुहरूले तत्कालै आफ्नो अनुभव व्यक्त गर्न सक्ने व्यवस्था गरिएको छ। हाल कार्यालयका १५ वटा डेस्कमा अन्तिम सर्वेक्षण प्रणाली जडान गरिएको छ, जसमा यात्रुले सेवालाई उत्कृष्ट, सन्तोषजनक वा औसत रूपमा मुल्यांकन गर्न सक्छन्। बाँकी डेस्कहरूमा पनि छिट्टै यो प्रणाली जडान गरिने कार्यालयले जनाएको छ। सम्पूर्ण यात्रुहरूलाई यो सर्वेक्षणमा स्वैच्छिक सहभागिता जनाउन अनुरोध गरिएको छ।

पछिल्लो भिजिट भिसा प्रकरणपछि अध्यागमन सुधारका लागि भन्दै कैयन् प्रयासहरू थालनी भएका छन्। जसको इमान्दारीतासाथ कार्यान्वयन र निरन्तरता दिन सकेमा सुधार ल्याउन सकिने विश्वास अधिकारीहरूको छ।