२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविले अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीबाट उठ्ने रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रिविले उक्त रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने उल्लेख गरेको छ ।

त्रिवि मातहतका विभिन्न निकायबाट उच्च शिक्षा अध्ययन बिदा उपयोग गरी विश्वविद्यालयमा नफर्केका, बिदा उपयोग गरी तोकिएको उपाधि हासिल नगरेका शिक्षक तथा कर्मचारीबाट असुल उपर हुने रकम निवृत्तिभरण कोष वृद्धिको स्रोतका रूपमा राखिएको छ ।

अध्ययन बिदा लिएर विदेश जाने र उतै लुक्ने, कोहीले अध्ययन नै पूरा नगरी फर्किने गरेको समाचार प्रकाशित भएपछि त्रिविले छानबिन समिति बनाएको थियो । उक्त समितिले करिब ४ सय प्राध्यापकले बिदाको दुरुपयोग गरेको प्रतिवेदन तयार पारेको थियो ।

५ वर्ष अध्ययन बिदा लिने, सो अवधिसम्म तलब भत्ता पनि खाने अन्तिममा शिक्षक कर्मचारी सेवामा नफर्किने गरेको पाइएको छ ।

बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीबाट २ अर्ब बढी रकम उठ्ने त्रिविको अनुमान छ । यो रकमलाई त्रिविले आर्थिक स्रोतको रूपमा लिएको छ । नफिर्कने शिक्षक कर्मचारीलाई कारबाही पनि सुरु गरिएको त्रिविले जनाएको छ ।