२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेम्बरले भन्यो-‘रसुवा बाढीले नेपाल-चीन आपूर्ति प्रणालीमा पूर्ण अवरोध’

अ+ अ-

काठमाडौँ । नेपाल-चीन सीमामा रहेको प्रमुख नाका रसुवागढीको टिमुरे क्षेत्र भएर मंगलबार आएको भीषण वर्षाले मानवीय र भौतिक रूपमा ठूलो क्षति बेहोर्नुपरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

भारी वर्षासँगै आएको बाढीले नेपाल-चीनमैत्री पुल पूर्णरूपमा बगाएको र रसुवागढी नाकाबाट चीनसँग हुने व्यापारको मुख्य नाका बन्द हुँदा व्यवसायी मर्कामा परेको चेम्बरले उल्लेख गरेको छ ।

मालसामान लिएर नेपालतर्फ आउँदै गरेका सयौँ कन्टेनर  सवारीसाधन बाढीले बगाउँदा व्यापार–व्यवसायमा गम्भीर क्षति भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा छ ।

‘गत मंगलबार आएको बाढीले मानवीय क्षतिसँगै भौतिक रूपमा पनि ठूलो क्षति गरेको छ । त्यस क्षेत्रमा हराइरहेकाहरूको खोजीका साथै भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिएर महत्त्वपूर्ण व्यापारिक मार्ग तत्काल सुचारु गर्न सरकारसँग आग्रह गर्दछौँ,’ विज्ञप्तिमा छ ।

रसुवागढीको टिमुरे क्षेत्रमा तत्कालीन राहत व्यवस्थासँगै दीर्घकालीन संरचना निर्माण, वैकल्पिक पुल निर्माण तथा प्राविधिक पूर्वतयारी गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।

चीनसँगको महत्त्वपूर्ण व्यापारिक नाका नाका बन्द हुँदा आयात–निर्यातमा ठूलो असर पर्न सक्ने भन्दै चेम्बरले यस्ता जोखिमपूर्ण अवस्थाको दीर्घकालीन समाधानका लागि स्थायी संरचना र वैकल्पिक नाका व्यवस्थापनमा नीतिगत निर्णय गर्न सरकारसँग आग्रह गरेको छ ।