काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत नमोबुद्द नगरपालिका-२ सेल्फीडाँडामा विद्यालय बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।
ठक्करबाट नमोबुद्द नगरपालिका-२ का पासाङ तामाङ र विजय तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
मंगलबार साँझ भकुण्डेतर्फ गइरहेको बा ४ ख ७१ नम्बरको सगुन बिद्यामंदिरको बसले विपरीत दिशाबाट आएको बा ७१ प ६८८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो ।
उनीहरूको शव धुलिखेलमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







