२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल नेत्र ज्योति संघद्वारा ट्राफिक प्रहरीलाई ‘सनग्लास’ प्रदान

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको आँखा धुवाँधुलो तथा घामबाट जोगाउन नेपाल नेत्र ज्योति संघले चश्मा (सनग्लास) प्रदान गरेको छ । संघले अमेरिका स्थित ‘ह्याल्पिङ ह्यान्ड हेल्थ एजुकेसन’ को सहयोगमा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई एक हजार ८०० थान चश्मा सोमबार हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई चश्मा हस्तान्तरण गरे । सो अवसरमा अध्यक्ष प्राडा पन्तले भने “बढी समय धुवाँधुलो र प्रत्यक्ष प्रकाशको किरणमा खटी नागरिकलाई सेवा प्रवाह गरिरहेका ट्राफिक प्रहरीमा आँखाको समस्या देखिने जोखिम बढी हुने भएकाले उनीहरूको आँखाको सुरक्षाका लागि चश्मा वितरण गरिएको हो ।”

उनले नेपालमा पछिल्लो समय हुने गरेका सडक दुर्घटना न्यूनीकरणका लागि पनि सवारी चालकहरूको नियमित आँखा परीक्षण गरिनुपर्ने कुरामा जोड दिँदै उक्त कार्यमा संघलाई ट्राफिक प्रहरीको सहयोग र सहकार्य आवश्यक रहेको बताए । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले ट्राफिक प्रहरीको समस्या बुझी उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीहरूका लागि चश्मा हस्तान्तरण गरेकामा संघ र ह्याल्पिङ ह्यान्डलाई धन्यवाद व्यक्त गरे ।

संघका महासचिव भरतबहादुर चन्दले दुर्घटना न्यूनीकरण, सवारी व्यवस्थापन र नागरिकको सुरक्षामा निरन्तर सेवा प्रवाह गर्ने ट्राफिक प्रहरीका लागि गत वर्ष पनि चश्मा हस्तान्तरण गरिएको जनाउँदै यो सहयोग भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा संघका कोषाध्यक्ष चिजकुमार मास्के, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विभिन्न तहमा कार्यरत प्रहरी अधिकृतहरूको पनि उपस्थिति थियो ।

नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले संघअन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको नि:शुल्क उपचार गरिरहेको जानकारी दिए । संघअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्र तथा ४५ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा संघको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य देशका गरी चार करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।