काठमाडौँ । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवा जिल्लाको नेपाल-चीन सिमानास्थित लेन्देखोलामा आएको भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको हो । बिहान सवा ३ बजेको बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक सयौँ इभी गाडी पनि बगाएको सूचना प्राप्त भएको छ । त्यहाँ मालवाहक गाडी र चालकहरु पनि बगाएको हुन सक्ने बताइएको छ, तर स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
त्यस्तै, सीमापारी चीनको क्षेत्रमा रहेका मालवाहक गाडीहरू पनि नदी थुनिँदा डुबानमा परेको अवस्था छ।
यस प्राकृतिक विपत्तिले ठुलो मात्रामा धनजनको क्षति भएको आशंका गरिएको छ।







