२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिभिजन वनद्वारा साढे नौ लाख बिरुवा वितरण गरिँदै

अ+ अ-

महोत्तरी । जिल्लास्थित डिभिजन वन कार्यालय जलेश्वरले करिब नौ लाख ४० बिरुवा वितरण गर्ने भएको छ । कार्यालयका प्रमुख अजयकुमार मिश्रका अनुसार जिल्लामा ‘हरियाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नौ लाख ४० हजार बिरुवा वितरण गर्न लागिएको हो ।

उनले जिल्लाका १५ वटा पालिकाका किसान र इच्छुक संघसंस्था, स्कुल, कलेज, प्रहरी, आर्मी तथा कृषि वन र निजी वनका लागि बिरुवा वितरण गर्न लागिएको जानकारी दिए । उनका अनुसार यसका लागि कार्यालयले इच्छुक व्यक्ति तथा संघसंस्थालाई पायक पर्ने गरी विभिन्न २० स्थानमा बिरुवा उत्पादन गरिरहेको छ ।

कार्यालयले जिल्लाको सदरमुकाम जलेश्वरस्थित डिभिजन वन कार्यालय र वडा नं १ स्थित जलेश्वर बजार, गौशाला नगरपालिका-११ लक्ष्मीनियाँ, वडा नं ८ खाल्टे बजार, भंगाहा नगरपालिका-४ थारुटोल बनरा, बलवा नगरपालिका-४ बलवा बजार, लोहारपट्टी नगरपालिका-७ भ्रमरपुरा बजार, पिपरा गाउँपालिका-३ पिपरा बजार, मटिहानी नगरपालिका-९ सिमरदही गाउँ, एकडाँरा गाउँपालिका-६ बगेया, महोत्तरी गाउँपालिका-४ रानी रतवारा, मनराशिस्वा नगरपालिका-५ कटैया, औरही नगरपालिका-१ औरही बजार, सोनमा गाउँपालिका-१ सोनमा र बर्दिबास नगरपालिका–५ माई स्थानमा नर्सरी लगाएको कार्यालय प्रमुख मिश्रले जानकारी दिए।

विभिन्न नर्सरीहरूमा गुलमोहर, बोत्तलग्रस, इमली, अमला, तेजपात, बाँस, करेना, अर्जुना, बकाइनो, खयर, राजवृक्ष, बेल, मसला, मोहबनी, अम्बा, सिसौ, सतिसाल, पारिजात, टिक, अनार, मेवासहित २० भन्दा बढी प्रकारका बोटबिरुवा उत्पादन गरिएको उनको भनाइ छ ।

कार्यालय प्रमुख मिश्रका अनुसार जिल्लाको सबै नर्सरीमा बिरुवा तयारी अवस्थामा छन् । “जिल्लामा लामो समयदेखि पानी नपर्दा बिरुवा वितरणको काम अगाडि बढेको छैन । पानी पर्नासाथ बिरुवा धमाधम वितरण गरिनेछ”, उनले भने ।

उनले जिल्लाको विभिन्न २० वटा नर्सरीबाट इच्छुक, संघसंस्था, पार्क, उद्यान, कृषि तथा निजी वन, स्कुल, कलेज, प्रहरी, आर्मीलगायत आवश्यक पर्ने सबैलाई केही दिनभित्र नि:शुल्क नौ लाख ४० हजार बिरुवा वितरण गरिने तयारी भइरहेको जनाउँदै अन्य जिल्लाले पनि यसबाट लाभ लिन सक्ने बताए।

नि:शुल्क बिरुवा वितरण कार्यक्रमबाट महोत्तरी तथा छिमेकी जिल्लामा ‘हरियाली प्रवर्द्धन’ हुने तथा यसबाट यहाँका नागरिक प्रत्यक्ष/अप्रत्यक्ष रूपमा लाभान्वित हुने मिश्रले विश्वास व्यक्त गरे ।