२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाधार विकास कार्यालयले ठोरीको सिकारी बासमा पाँच जनाको घर बनाइदिने

अ+ अ-

वीरगञ्ज (पर्सा) । पूर्वाधार विकास कार्यालय वीरगञ्जले पर्साको विकट ठाउँका रूपमा चिनिने सिकारी बासमा फुसको घरमा बसोबास गर्दै आएका सर्वसाधारणलाई दुई कोठे पक्की घर निर्माण गरिदिने भएको छ ।

कार्यालयले ठोरी गाउँपालिका–३ सिकारी बास फुसको घरमा बसोबास गर्दै आएका पाँच परिवारको लागि जनता आवास कार्यक्रम अन्तर्गत एकीकृत बस्ती निर्माण गरिदिन लागेको हो । यो बस्ती ठोरीको हुलाकी राजमार्गबाट करिब छ किलोमिटरभित्र पर्दछ । जहाँ पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भ लगायतको मध्यवर्ती क्षेत्रको रूपमा रहेको छ । तर,यहाँका सर्वसाधारण आधारभूत आवश्यकताबाट पनि वञ्चित हुँदै आइरहेका छन् ।

पूर्वाधार विकास कार्यालय वीरगञ्जका प्रमुख लालबाबु रायले चालु आर्थिक वर्षमा शिलान्यास भए पनि आगामी आर्थिक वर्षसम्म फुसको घरमा बस्दै आएका पाँच जना परिवारको लागि दुई-दुई कोठे एकीकृत घर बनाइदिन लागेको बताए । उनका अनुसार,मधेश प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गतप्रति घर तीन लाख ७२ हजार लागतमा निर्माण गर्न लागिएको हो ।

यसमा घरधनीले १० प्रतिशत श्रमदान पनि गर्नुपर्ने हुन्छ,’’ उनले भने,‘‘यसअघि जनता आवास कार्यक्रम सघन सहरी तथा भवन निर्माण आयोजनाबाटै सम्पादन हुँदै आइराखेपनि पछिल्लो समय भने पूर्वाधार विकास कार्यालय मातहत व्यवस्थापन र सञ्चालन हुँदै आइरहेको छ ।’’ कार्यालयका अनुसार फलामे ट्रस र जस्ताको छानोसहितको घर निर्माण गर्न लागिएको हो ।

गत शनिबार ठोरीको सिकारी बासमा आयोजित एक कार्यक्रमबीच एकीकृत बस्तीको शिलान्यास पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पूर्वाधार विकास कार्यालयका प्रमुख रायले संयुक्तरुपमा गरेका थिए । सो योजना अन्तर्गत सिकारी बासमा लामो समयदेखि बस्दै आएका भङ्गीयादेवी थारु, तेत्रीदेवी थारु, रामचन्द्र थारु, भरत महतो थारु, पार्वतीकुमारी थारुको घर निर्माण गरिनेछ ।

फुसको घरमा बसोबास गर्दै आएका भरत महतो थारुले आफ्नो पक्की घर बन्ने भएसँगै निकै खुसी भएको प्रतिक्रिया दिए ।‘‘ म त जिन्दगीभर नै फुसकै घरमा जीवन गुज्रिएला जस्तो लागेको थियो,’’ उनले भने,‘‘अब घर बन्ने भएसँगै हामी पनि वर्षायाममा पानी नचुहिने घरमा बस्न पाउने भयौँ ।’’ पर्साका प्रजिअ अर्यालले लामो समयदेखि राज्यको अभिभावकत्व प्राप्त गर्न नसकेका सिकारी बासका जनताका लागि एकीकृत शिविरमार्फत राज्यको अनुभूति गराउन खोजेको बताए ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन पर्साका योजना प्रमुख तथा इन्जिनियर राकेश साहले शनिबार नै ठोरीको सिकारी बासमा नदीको कटान क्षेत्रमा करिब १० लाख मूल्य पर्ने नदी तटबन्धसहितको जालीको व्यवस्था गर्न लागेको जानकारी दिए ।