२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगमायाको साहसिक नेतृत्व आज पनि उत्तिकै सान्दर्भिक : उपसभामुख

अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले महिला आन्दोलनकी अग्रणी अभियान्ता योगमायाको योगदान नेपालको मात्रै नभई विश्वकै इतिहासमा अतुलनीय रहेको बताएकी छन् । 

राष्ट्रिय महिला आयोगद्वारा आज यहाँ आयोजित ‘योगमाया स्मृति दिवस’ कार्यक्रममा उपसभामुख रानाले निरंकुश राणाशासनकालमा योगमायाले देखाउनुभएको साहस र सामाजिक जागरणका लागि गरेको संघर्ष आजका पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताएकी हुन् । 

“राणाशासनमा लेख्न, बोल्न र सङ्गठित हुन निषेध गरिएको अवस्थामा योगमायाले सामाजिक सुधार र महिला अधिकारका लागि गरेको योगदान अविस्मरणीय छ”, उनले भनिन्, “आजको पुस्ताले योगमायाको जीवनबाट प्रेरणा लिएर महिला हकअधिकारको क्षेत्रमा अझ समर्पणका साथ अघि बढ्नुपर्छ ।”

महिलामाथिको विभेद, हिंसा र अन्यायको अन्त्य गर्न प्रभावकारी कानुनी कार्यान्वयन र घरघरमा चेतनामूलक अभियान चलाउनु आवश्यक रहेको उनको भनाइ छ ।

योगमायाले सुरु गरेको सामाजिक रूपान्तरण र महिला सशक्तीकरणको यात्रा अझै सान्दर्भिक रहेको उल्लेख गर्दै उपसभामुख रानाले राज्यका सबै संरचनामा महिलाको समान सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको बताइन् ।