काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
विहीबार केही बेर बसेर महासचिव घनश्याम उपाध्यायको अस्वस्थाको कारण देखाउँदै स्थगित भएको बैठक आज केही बेरअघिबाट सुरु भएको हो । बैठकमा रामकुमारी झाँक्रीले अनुशासन आयोगले सोधेको स्पष्टीकरणबारे दिएको जवाफमाथि छलफल हुने बताइएको छ ।
साथै पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा, समसामयिक राजनीतिक विषय मूल एजेण्डाको विषयमा छलफल हुने बताइएको छ ।







