२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्साको ठोरी साक्षर गाउँपालिका घोषणा

अ+ अ-

पर्सा । ठोरी गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरिएको छ । “हाम्रो अथक मेहेनत र प्रयासकै कारणले जिल्लाकै पहिलो साक्षर पालिका हुन पाएका छौँ”, ठोरीका गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भने, “यो गौरवको विषय हो । अन्य रचनात्मक काममा पनि आगामी दिनमा पनि ठोरीले राम्रो कामको सुरुआत गर्दै अघि बढ्नेछ ।”

पालिकामा रहेका तीन हजार ८०९ घरपरिवारका १५ देखि ६० वर्ष उमेर समूहका सरकारले तोकेको १२ सूचकमध्ये आठ वटासम्म सूचक बताउन सक्ने १५ हजार ६७८ जनामध्ये १५ हजार ३२१ जना अर्थात् ९८ दशमलव ८६ प्रतिशत महिला र पुरुष साक्षर रहेकाले पालिकालाई साक्षर पालिका घोषणा गरिएको हो ।

आसमान नेपालको समन्वयमा ठोरी गाउँपालिकाको पाँचवटै वडावासीको घरघरमा पुगेर साक्षरताको सर्भे गरेको थियो । ठोरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुपाल जोशीले वडाको सम्पूर्ण घरमा बसोबास गर्नेसँग सरकारको तोकेको १२ सूचकमध्ये आठवटा सूचक पूरा गरेपछि साक्षर पालिका घोषणा गर्न सम्भव भएको बताए ।

जिल्लाको १४ पालिकामध्ये ठोरी साक्षर हुने पहिलो र समग्रमा मधेस प्रदेशका स्थानीय तहमध्ये सातौँ साक्षर पालिका हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ठोरीबाट सुरुआत भएको साक्षर पालिका घोषणा कार्यक्रम अन्य पालिकाले पनि अनुशरण गर्दै जानुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख निरञ्जनप्रसाद साह सोनारले ठोरीले साक्षर घोषणा गरेर अन्य पालिकालाई पनि साक्षर घोषणा गर्नका लागि सकारात्मक दबाब दिएको बताए ।