२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उमेर हद र दुई कार्यकालको व्यवस्था कायम रहेकाले जालझेल छाड्न शंकर पोखरेललाई कर्ण थापाको चुनौती

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था कायम नै रहेको दाबी गरेका छन् । 

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आयोगहरूमा मात्रै दुई कार्यकालको व्यवस्था नभएको जिकिर गरेका हुन् ।

उनले भने, ‘त्यो दुइटा प्रावधान अहिले झन् धेरै औचित्यपूर्ण छन् । हिजो पनि कुनै व्यक्तिलाई हेरेर गरिएको थिएन । यो आन्दोलनमा प्रकट भएको समस्या समाधान गर्न गरिएको थियो । यो व्यक्ति केन्द्रित होइन । एमालेमा त्यो सम्भव छैन ।’

महासचिव शंकर पोखरेलले दुवै व्यवस्था पार्टीले हटाइसकेको दाबी गरेका थिए ।

त्यही अभिव्यक्तिलाई लक्षित गर्दै नेता थापाले भने, ‘पार्टीको तीन वटा विधान छापिएको छ । यो दुवै व्यवस्था छापिएको विधान पनि हामीसँग छ । छलफल नै नगरी अर्कै विधान जालझेल गरी छापिएको पनि हामीसँग छ । केही नेताहरूले सामाजिक सञ्जालमा आफ्नो पद दुरुपयोग गरेर पार्टी पंक्तिमा राष्ट्रिय महाधिवेशनबाट, कसैले विधान महाधिवेशनबाट परिवर्तन गर्‍यौँ भन्नुभएको छ । त्यो कहीँ छलफल भएको छैन ।’

उनले प्रथम विधान महाधिवेशनले जारी गरेको विधान अहिले पनि जारी रहेको दाबी गरे ।

नेता थापाले थपे, ‘त्यस्तो झूट कुरा गर्ने हो भने हामी तथ्य तथ्यांक राखेर छलफल गर्न सक्छौँ । जालझेलको तरिका अपनाउन सक्छौँ । जे भएको छ, त्यसमा नयाँ कुरा गर्नु छ भने बहस गरौँ ।’

उनले विद्या भण्डारी हिजो विशेष परिस्थितिमा राष्ट्रपति भएको भन्दै अहिले निष्कलंक, सहज र साझा व्यक्ति खोजी हुँदा सक्रिय हुनु स्वाभाविक भएको दाबी गरे ।

उनले थपे, ‘उहाँभन्दा धेरै योगदान गरेका नेताहरू पनि हुनुहुन्छ म मान्छु, तर अहिले उहाँलाई सहज गले स्वीकार्न देशभित्र, छिमेकीहरुबीचमा पनि, त्यो परिस्थितिले निर्धारण गर्ने कुरा हो । त्यसैले उहाँ आउँदा पार्टी पंक्तिमा उत्साह आएको छ ।’

वामपन्थीहरूबीच एकता गर्न स्वीकार्य र सहज व्यक्ति पनि भण्डारी नै भएको नेता थापाले जिकिर गरेका छन् ।