२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारी कर्मचारीहरू समर्पित भएर काम गर्दैनन्’-पर्यटन मन्त्री पाण्डे

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सरकारी र गैरसरकारी वा निजी कर्मचारीमा फरक भएको बताएका हुन् ।

‘सरकारी काम र गैरसकारी वा निजी काममा फरक छ । सरकारी काममा मान्छेहरू यसैपनि भनेजस्तो समर्पित भएर काम नगर्ने,’ उनले भने, ‘कम भन्दा कम म्यानपावरले निजी क्षेत्रले त्यसलाई सदुपयोग गरेको देखिन्छ । यो सुशासनकै पाटो हो । सुशासनमा सुधार गर्नुपर्ने नै पाटो हो ।’

सांसदहरुले निजी एयरलाइन्सहरूले कम जनशक्तिमै नाफामा एयरलाइन्स सञ्चालन गर्ने तर नेपाल एयरलाइन्सले धेरै जनशक्ति राख्दा पनि किन सुधार र नाफामा लैजान नसकेको भन्दै प्रश्न गरेका थिए ।

मन्त्री पाण्डेले ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले नै गर्नुपर्ने भएकाले बढी जनशक्ति लागेको स्पष्ट पारे । तर सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने भावनामा कमी रहेको उनको आरोप थियो ।

सुशासनको यस पाटोलाई सच्याउन जरुरी रहेको उनको भनाइ छ । ‘हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको कुरा पनि गर्नुभयो । ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले गर्नुपर्छ । ग्राउण्ड ह्याण्डलिङको काम गर्दा निकै ठूलो जनशक्ति चाहिन्छ,’ उनले भने ।

उनले थपे, ‘जस्तो हाम्रो यहीँ त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा ९५ लाख यात्रुहरू लगभग ओहोरदोहोर भए । ग्राउण्ड ह्याण्डलिङ नेपाल एयरलाइन्सले आफ्नो मात्रै होइन, हिमालयनदेखि अधिकांशका गर्नुपर्छ ।’

मन्त्री पाण्डेले कर्मचारीको सेवा, शर्तसम्बन्धी नेपाल एयरलाइन्सको विनियमावली बनिरहेको जानकारी दिए। आवश्यकता भन्दा बढी जनशक्ति राखेर नेपाल एयरलाइन्सलाई थप आर्थिक भार गर्नुहुँदैन भन्नेमा सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।