काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा प्रकाशन गरेको छ।
परिषद्ले आज एक सूचना जारी गरी गत असार १७ र १८ गते सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन गरेको हो।
प्रकाशित नतिजामा पिसिएल नर्सिङ, बिएस्सी नर्सिङ, बिएमएस र विशेषज्ञ नर्स तह समावेश छन्। परीक्षार्थीहरूले आफ्नो नतिजा परिषद्को आधिकारिक वेबसाइट Application.nnc.org.np मा लगइन गरेर वा परिषद्को कार्यालय, बाँसबारीको सूचना पाटीमा हेर्न सक्नेछन्।
नतिजामा चित्त नबुझ्ने परीक्षार्थीहरूले नतिजा प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
हेर्नुहोस् नतिजा :








