काठमाडौँ । लोक सेवा आयोगले इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२७६-१७२७७/०८१-८२ (खुला/समावेशी), इञ्जि. सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, रा.प.तृतीय श्रेणी, इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरिएको हो ।

यस्तै आयोगले विज्ञापन नं १७२७१-१७२७५/०८१-८२ (खुला/समावेशी), इञ्जि. सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, रा.प.तृतीय श्रेणी, इञ्जिनियर पदको लिखित नतिजा पनि आजै प्रकाशन गरेको छ ।









