काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।
रुपन्देही-३ मा हुने उपनिर्वाचनबारे छलफल गर्न बिहीबार रास्वपाले सचिवालय बैठक बोलाएको हो ।
राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।
निर्वाचन आयोगले रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।







