२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमै पहिलो पटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा यही असार १८ र १९ गते वीरेन्द्रनगरको सिटी हलमा दुई दिने वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला, २०८२ सञ्चालन हुने भएको हो ।

रोजगारको खोजीमा रहेकाहरूलाई उनीहरूको रुचि, सीप र क्षमताअनुसार वृत्ति विकासको मार्गदर्शन दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका उपसचिव सुवर्ण खड्काले पत्रकार भेटघाटमार्फत जानकारी दिएका हुन् । उनले रोजगार मेलाको सम्पूर्ण तयारी पूरा भएको बताए ।

मेलाले रोजगारदाता र रोजगार खोज्ने व्यक्तिलाई एउटै ठाउँमा ल्याएर सहकार्यको अवसर प्रदान गर्ने, वृत्ति विकाससम्बन्धी परामर्श सेवा, सीपमूलक तालिमहरूको जानकारी र प्रदर्शनी, रोजगारदातासँग प्रत्यक्ष सम्पर्कको अवसर, कार्यस्थलमा आधारित निःशुल्क तालिमबारे जानकारी, स्थानीय उत्पादनहरूको प्रदर्शनी गरिने र मेलामा ४० भन्दा बढी स्टल रहने उपसचिव खड्काले बताए ।

उनका अनुसार मेलामा सरकारी, गैरसरकारी, शैक्षिक, प्राविधिक तथा निजी क्षेत्रका रोजगारदाता र तालिम प्रदायक संस्था सहभागी हुनेछन् । विद्यालयका विद्यार्थीहरूलाई समेत मेलामा अवलोकन गराउने व्यवस्था गरिएको छ ।

मेलाले विदेश जाने सोच बनाएका युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर पहिचान गर्न सहयोग पुर्याउनुका साथै बेरोजगारी, जनशक्ति पलायन र दक्ष जनशक्तिको अभावलाई ध्यानमा राख्दै स्थानीय श्रम बजारको माग अनुसार जनशक्ति उत्पादनमा सहयोग गर्ने र नीति निर्माणमा समेत मार्गदर्शन गर्ने जनाइएको छ ।