२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा मासिक औसत करिब ९७ हजार पर्यटक आगमन

अ+ अ-

काठमाडौँ । नेपालमा मासिक पर्यटक आगमन औसत मासिक ९६ हजार २ सय ८१ जना रहेको पाइएको छ ।

सन् २०२५ को पहिलो ६ महिना (जनवरी-जुन) मा ५ लाख ७७ हजार ६ सय ८९ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यो आगमन २०२४ को यसै अवधिको तुलनामा भने घटेको हो । २०२४ को ६ महिना अवधिमा आगमन ५ लाख ८३ हजार ११ थियो । कोभिड महामारी आउनुअघि अर्थात् २०१९ को ६ महिनामा भने ५ लाख ७३ हजार आगमन भएको देखिएको छ ।

नेपालले आगमन दर उत्साहजनक रूपमा बढाउन सकेको छैन । यसले गर्दा कुनै पनि वर्ष लक्ष्य अनुसार पर्यटक आएको देखिँदैन ।

जुन २०२५ मा भने ७६ हजार ४ सय २४ पर्यटक आएका छन् । यो महिना भने अहिलेसम्मकै धेरै पर्यटक आएको देखिन्छ । २०२४ जुनमा ७६ हजार ३ सय ३३ पर्यटक आएका थिए ।

२०२३ मा ७२ हजार २ सय ५० आएका थिए । यस महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतीयको संख्या ३२ हजार ६ सय ६२ छन् । दोस्रो नम्बरमा अमेरिकी छन् । अमेरिकीको संख्या ९ हजार ९ सय ६९ छ । तेस्रो स्थानमा चिनियाँ नागरिक छन् ।

यो महिनामा ६ हजार ७ सय ३६ चिनियाँले नेपाल भ्रमण गरेका छन् । यसबाहेक बंगलादेशी ५ हजार ४ सय ४९, बेलायती २ हजार २ सय ८४, अस्ट्रेलियाबाट १ हजार ८ सय ३१, मलेसियाबाट १ हजार ३ सय ४८, भुटानबाट १ हजार १ सय ६७, जापानबाट १ हजार १९ र फ्रान्सबाट १ हजार २ पर्यटक आएका छन् ।