२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सागर ढकालको घोषणा-‘रुपन्देही-३ मा ६२ हजार भोट पाएर इतिहास रच्नु पर्छ’

अ+ अ-

काठमाडौँ । रुपन्देही-३ मा उपनिर्वाचनको मिति तोकिएसँगै राजनीतिक सरगर्मी बढेको छ । 

मंगलबार मात्रै सागर ढकालले फेसबुक स्ट्याटस लेख्दै रुपन्देही-३ बाट इतिहास रच्ने घोषणा गरेका छन् । उनले यो चुनाव रुपन्देही-३ को मात्र नभई देशकै चुनाव तथा जनता भर्सेस राणा शासनको लडाइँ भएको उल्लेख गरेका छन् ।

उनले देशको पीडा, आँसु र आवाज बोल्न तयार भएर बस्न मतदातालाई आग्रह गरेका छन् । ‘नेपाली जनताले जित्ने मात्र होइन सफा चट क्लिन स्विप गर्ने हो, सफा चट ’ उनले लेखेका छन् ।

गत निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग डढेल्धुरामा पराजित ढकालले चितवन २ मा रविको ५४ हजार १७६ र काठमाडौँमा बालेनको ६१ हजार ७६७ मत आएको तथ्यांक राख्दै अब रुपन्देही-३ मा करिब ९० हजार मत रहेकोमा ६२ हजार मत पार गरी नेपालको इतिहास रच्नुपर्छ भनेका छन् ।

‘काँग्रेस, एमाले माओवादी एउटै हुन् यिनको राणा शासनको अन्त्य ८४ मा गर्नको लागि सुरुवात यहाँबाट गर्नुपर्छ’, ढकालले लेखेका छन्, ‘जनतालाई झोले र पार्टीका कार्यकर्ता बाहेक केही नसोच्ने यी तीन पार्टीको घेरा बेजोडले तहस नहस हुने गरी तोड्नुपर्छ, यो रुपन्देही–३ को एक तिरले तीन पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनु पर्छ ।’

ढकालले रुपन्देही-३ को चुनाव नेपाली जनताको अनुहारमा आशा र उज्यालो छर्ने दिन हो भन्दै गएको चुनावमा मतदाताले नयाँ अनुहारहरू स्थापित गरिदिए जस्तै अब फेरि पालो आएको उल्लेख गरेका छन् । सागरले भने रुपन्देही-३ मा उनी आफू उम्मेदवार नबन्ने बताएका छन् ।

रुपन्देही-३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।