२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या चाँडै समाधान गर्छौं : मन्त्री अधिकारी

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि व्यवस्थापन र सहकारी समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले आवश्यक बजेट व्यवस्थापन गरेर भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण तथा सहकारीमा देखिएका समस्या समाधान गरिने विश्वास दिलाए। 

मन्त्री अधिकारीले राजस्व संकलन र मुलुकको आर्थिक अवस्थाका कारण पर्याप्त बजेट विनियोजन हुन नसक्दा मन्त्रालय मातहतका आयोजना खुम्च्याउनु परेको र भएका आयोजनालाई पनि आवश्यक बजेट व्यवस्थापन गर्न चुनौती भइरहेको स्पष्ट पारे।  उनले भने,“आगामी आर्थिक वर्षका लागि आफ्नो मन्त्रालयमा रु सात अर्ब ४९ करोड बजेट विनियोजन भएको छ । यसले भूमि व्यवस्थापन तथा सहकारीसम्बन्धी सम्पूर्ण कार्यालयको व्यवस्थापन आदि काम सम्पादन गर्न कठिन हुने देखिन्छ । त्यसका लागि अर्थ मन्त्रालयसँग बजेट वृद्धिका लागि पहल गरिरहेका छौँ ।”

मन्त्री अधिकारीका अनुसार मन्त्रालयअन्तर्गत ७७ वटै जिल्लामा रहेका कार्यालय व्यवस्थापन, सहकारी प्राधिकरण, सहकारी समस्या समाधान समिति, कर्जा असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र सञ्चालनमा रहेका तथा कर्जा सुरक्षण कोष स्थापनाको योजना रहेकाले यी निकायमा बजेट अभाव हुन नदिन आवश्यक पहल गरिएको छ । उनले मन्त्रालय मातहतका कार्यालय व्यवस्थित र प्रविधियुक्त बनाइने विश्वास व्यक्त गरे । 

मन्त्री अधिकारीले यस वर्ष हालसम्म पाँच हजार सात सय भूमिहीन, दलित र अव्यवस्थितलाई लालपुर्जा वितरण गरिएको पनि जानकारी दिए । तीन वर्षभित्र सबैको व्यवस्थापन गरिने लक्ष्य रहेको भन्दै उनले सोही प्रयोजनका निम्ति भूमि विधेयक प्रतिनिधिसभामा पेस गरिएको जानकारी दिए ।