२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुलुकमा विद्यमान सबै प्रकारका विभेद तथा उत्पीडनको अन्त्य गर्नुपर्छ’: माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सभ्य समाज निर्माणका लागि मुलुकमा विद्यमान सबै प्रकारका विभेद तथा उत्पीडनको अन्त्य गर्नुपर्ने बताएका छन् । 

पार्टी निकट आदिवासी जनजाति महासंघद्वारा केन्द्रीय कार्यालयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष नेपालले सबै जाति समुदायको संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले जनताको लामो समयदेखिको संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा सबै समुदायका संविधान प्रदत्त अधिकार संरक्षण गरी आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सकिने बताए ।

सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणका निम्ति वैज्ञानिक समाजवाद कार्यान्वयनमा जोड दिँदै श्रमजीवी वर्गको अधिकार, जनसहभागिता, सामाजिक न्याय, समान अवसर प्रदान गर्ने अध्यक्ष नेपालले विश्वास व्यक्त गरे । 

देशमा उत्पन्न राजनीतिक तथा आर्थिक संकट समाधानका लागि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै उनले कम्युनिष्ट आदर्श तथा मूल्य मान्यतालाई अवलम्बन गर्ने दल तथा वामपन्थी शक्तिसँग आफ्नो पार्टीले सहकार्य तथा एकता गर्ने विषय प्राथमिकतामा राखेको उल्लेख गरे ।

मुलुकमा विभिन्न समयमा कम्युनिष्ट पार्टीमा आएको सैद्धान्तिक विचलनले सामाजिक न्याय तथा आर्थिक रूपान्तरण हुन नसकेको जिकिर गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरूले विगतका कमजोरीलाई सच्याएर देश विकास तथा जनताका अधिकार संरक्षणका लागि लाग्नुपर्नेमा जोड दिए । एकीकृत समाजवादीले मूलधारको कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गरेको विचार व्यक्त गर्दै उनले सिद्धान्त, नीति तथा कार्यक्रमका आधारमा वामपन्थी शक्ति एकताबद्ध गर्न आफूहरूले देशभर राजनीतिक अभियान सुरु गरेको बताए ।