२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५औँ महाधिवेशनको मिति तोक्न नैनसिंह महरको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले १५औँ महाधिवेशनको मिति तत्काल तोक्नुपर्ने माग गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा धारणा राख्ने क्रममा महरले कार्यकर्तामा रहेको भ्रम चिर्न नेतृत्वसँग महाधिवेशनको मिति तय गर्नुपर्ने बताए ।

महाधिवेशनको अनिश्चितताले पार्टी पंक्तिमा अन्योल बढाएको र सांगठनिक गतिशीलतामा असर परेको उनले सुनाए ।

‘महाधिवेशनबारे अनेक भ्रम छरिएका छन्, यसले पार्टी पंक्तिमा अन्योल बढाएको छ, विधान अनुसार समयमै तयारी गर्न र पार्टीलाई गतिशील बनाउन महाधिवेशनको कार्यतालिका सहित मिति घोषणा गर्न अब ढिलाइ गर्नु हुँदैन,’ बैठकमा उनले भने ।

महरले आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुने भन्दै प्रचार समेत सुरु गरिसकेका छन् ।

महरले भने,‘संयन्त्रलाई संविधानले चिन्दैन, पदाधिकारी बैठकको निर्णयलाई पार्टी विधानले चिन्दैन, सबै निर्णय केन्द्रीय समितिबाट हुनुपर्छ वा पदाधिकारी बैठक विधानतः व्यवस्था गरिनुपर्छ ।’

क्रियाशील सदस्यता वितरण र नवीकरणलाई व्यवस्थित गर्दै अनलाइन प्रणालीमा लान उनले सुझाव दिए ।

भातृ संस्थाहरूको महाधिवेशन गर्नुपर्ने, विभागहरूलाई पूर्णता दिनुपर्ने र पार्टीको क्यालेन्डर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बैठकमा उनले सुनाए ।

महरले सरकार निर्माणको बेला भएको सात बुँदे सहमतिको कार्यान्वयन र त्यसले काँग्रेसको चरित्रमा पार्ने प्रभावबारे प्रश्न गरे ।

उनले भने, ‘सबैभन्दा ठूलो दल भएर पनि सरकारमा काँग्रेसको भूमिका खुम्च्याइएको छ र नेतृत्वकर्ताबाटै अवमूल्यन भएको छ।’