२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेखा शर्माले भनिन्-‘प्रधानमन्त्रीलाई कन्ट्याक्ट गरौँ, शिक्षा विधेयक आजै पास हुनुपर्छ’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले आजै राति १२ बजेसम्म बैठक बसेर भए पनि विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने बताएकी छिन् ।

उनले बिहानै विधेयक टार्ने प्रयास हुँदै गरेको सूचना पाएको र दिउँसोसम्म त्यो विषय पुष्टि भएको भन्दै खेद व्यक्त गरिन् ।

‘बिहानै सुनेँ विधेयक टर्दै छ रे ! बिहान सुनेको कुरा सत्य लाग्दा दुःख लागेको छ,’ उनले भनिन्, ‘सयका सय हुन सक्दैन ।’

उनले स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्नुपर्ने भए पनि गर्न आग्रह गरिन् ।

‘विद्यालय शिक्षालाई केही न केही डिपार्चर हुने गरी सोचेका छौँ । एक घण्टा अझै ब्रेक गरौँ,’ सांसद शर्माले भनिन्, ‘अहिले यत्रो अनलाइन छ, प्रधानमन्त्रीज्यूसँग अनलाइन कन्ट्याक्ट गरौँ ।’

उनले दलबाट पनि आफूहरूलाई पास गर्ने दबाब भएको भन्दै आग्रह गरिन् ।

‘राति १२ बजेसम्म बसेर भए पनि टुंगो लगाऔँ । बैठक स्थगित नगर्नुस् । आजै पास गरौँ,’ उनले भनेकी छिन् ।

प्रतिपक्षी दलहरू अहिले नै पास गर्न तयार रहेको भन्दै उनले बैठक स्थगित नगर्न आग्रह गरिन् ।