२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रमुखले सुन लिएको विषय पालिकामा पुग्यो, प्रमुख भन्छन् – ‘बोर्ड बैठकमा छलफल गर्छौँ’

अ+ अ-

काठमाडौँ । लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोले सुन लिएको भन्ने विषयमा नगरपालिका कार्यालयमा निवेदन पुगेको छ।

उपप्रमुखले व्यक्तिगत रूपमा विकाश ट्रेडसवाट २०८१ साउन ३० गते सुन लिएर रकम भुक्तानी नगरेको भन्ने आरोपसहितको पत्र पालिकामा दर्ता भएपछि नगर प्रमुख महेश प्रसाद चौधरीले त्यस विषयमा बोर्ड बैठकमा छलफल गर्नुपर्ने आवश्यक ठहर गर्दै पत्रमा हस्ताक्षर गरेका छन्।

उपप्रमुख महतोले विकाश ट्रेडसवाट करिब दुई लाख एकावन हजार चार सय तिस रुपैयाँ पर्ने १.५ तोलाको सुन लिएपछि सम्पर्कमै नआएको ट्रेडसका सञ्चालक राजाराम सारदाले बताए ।

नगर प्रमुखको सिफारिससहितको पत्र पालिकामा पुगेपछि अब सो विषयमा बोर्ड बैठकमा औपचारिक रूपमा जानकारी गराइने भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले निवेदन आएपछि नगर प्रमुखले त्यसलाई बोर्ड बैठकमा राख्न निर्देशन दिएको जानकारी दिए। उनले भने, ‘पालिकामा निवेदन दर्ता भएकाले व्यवहारिक रूपमा त्यसबारे बोर्डमा छलफल गर्ने व्यवस्था मिलाइएको हो। पालिकाले उक्त रकम भुक्तानी गर्ने भने होइन।’

उनले थपे, ‘यो नितान्त व्यक्तिगत प्रकृतिको विषय हो। तर, पत्र पालिकामा आएकाले उपप्रमुखलाई जानकारी गराउने उद्देश्यले बोर्डमा प्रस्तुत गर्न लागिएको हो।’