काठमाडौँ । सामुदायिक र निजी स्वास्थ्य संस्थाहरूले प्रथम सेवा विन्दुको रूपमा सेवा दिन नपाउने भएका छन् ।
स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड (छ) ले गरेको व्यवस्था अनुसार प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने निर्णय गरिएको हो ।
यो निर्णयले देशभरका निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूमा व्यापक प्रभाव पार्ने देखिएको छ। हालसम्म यी संस्थाहरूले प्रथम सेवा विन्दुको रूपमा स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आएका थिए ।
स्वास्थ्य बीमा बोर्डले निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा पठाएको सूचनामा भनिएको छ, ‘प्रथम सेवा विन्दुको रूपमा सेवा दिई हालसम्म बोर्डको सेवा प्रवाहमा पुर्याउनु भएको योगदानका लागि स्वास्थ्य बीमा बोर्ड धन्यवाद ज्ञापन गर्दछ ।’







