काठमाडौँ । ग्लोबल आइएमई बैंकले राष्ट्रिय धान दिवसको अवसरमा “धान खेती कर्जा” योजना सार्वजनिक गरेको छ।
नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेटमा धानमा आत्मनिर्भर बनाउने रणनीतिलाई सहयोग गर्न यो योजना ल्याइएको हो।
यस योजनाअन्तर्गत कृषकले धानको बिउ, मल, कृषि उपकरण र अन्य सामग्री खरिदका लागि २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन्। यो योजनाले खेतीयोग्य जमिनको उपयोग, कृषकको आम्दानी वृद्धि र कृषिलाई व्यावसायिक बनाउन प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

साथै, बैंकले टोखा नगरपालिका-१, राधा कृष्ण मन्दिर नजिकै धान रोपाई कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, कर्मचारी र स्थानीयको सहभागिता थियो। रेग्मीले धान उत्पादन वृद्धि, कृषिको आधुनिकीकरण र कृषकको मनोबल बढाउन यस्ता कार्यक्रम र कर्जा योजनाले सहयोग गर्ने विश्वास व्यक्त गरे।
ग्लोबल आइएमई बैंक, ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र युरो मनी अवार्ड २०२४ बाट सम्मानित, नेपालको अग्रणी वाणिज्य बैंक हो। ७७ जिल्लामा ३५२ शाखा, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ सेवा र ३ वटा वैदेशिक कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, भारतलगायत देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दछ।







