काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको जिम्मेवारी रेनुका नगरकोटीले पाएकी छन् ।
मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा रेनुकालाई कप्तानको जिम्मेवारी सुम्पेका हुन् ।
यसअघिकी कप्तान एञ्जिला तुम्बापो सुब्बा भने लाओसविरुद्ध पहिलो रोजाईमा समेत परेकी छैनन् ।







