२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय निजामती सेवा विधेयकमाथि जनार्दन शर्माको चिन्ता: ‘संघीयता कार्यान्वयनमा गम्भीर छलफल आवश्यक’

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा आइतबार भएको संघीय निजामती सेवा विधेयक, २०८० माथिको छलफलमा सांसद जनार्दन शर्माले ऐनको अभावमा जनता र कर्मचारीले भोगेका समस्याहरूलाई समाधान गर्ने गरी विधेयक पारित गर्नुपर्नेमा जोड दिए। उनले विधेयक अन्तिम चरणमा पुगेकोमा खुसी व्यक्त गर्दै यसले संघीयता कार्यान्वयन र सेवा प्रवाहमा देखिएका समस्याहरूलाई सम्बोधन गर्नुपर्ने बताए।

शर्माले भने, “ऐनको अभावमा हामीले धेरै समस्याहरू भोग्यौँ, जनताले धेरै समस्या भोगे, सेवा प्रवाह सही ढंगले हुन सकेन। आज यसमा हामी अन्तिम चरणमा छलफल गर्दैछौँ। यो खुसीको कुरा हो।” तर, उनले कर्मचारी व्यवस्थापन र संघीय संरचनामा देखिएका जटिलताप्रति चिन्ता व्यक्त गरे। “कर्मचारीको सही विन्यास नभएको र संघमा नै धेरै कर्मचारी रहने अवस्थालाई यो ऐनले समाधान गर्छ कि गर्दैन भन्ने प्रश्न अझै अनुत्तरित छ,” उनले थपे।

उनले मन्त्रालयहरूमा दुई-दुई सचिव राख्ने प्रचलन र प्रदेशका अधिकार कटौती हुने अवस्थालाई लिएर प्रश्न उठाए। “स्थानीय तह कार्यकारीविहीन भएको अवस्थामा कार्यकारी खटाउने विषयमा अझै प्रष्टता छैन। तमाम समस्याहरू समाधान गर्ने गरी यो ऐन पारित गर्नुपर्छ। यदि प्रदेश र स्थानीय तहका अधिकारहरू केन्द्रमा राख्ने गरी गइयो भने त्यो संघीयता लागू नगरेको र संघीयताप्रति इमानदार नभएको ठहर्छ,” उनले चेतावनी दिए।

शर्माले कर्मचारीको कार्यसम्पादनमा पनि सुधारको आवश्यकता औँल्याए। “काम गर्ने र नगर्ने कर्मचारी छुट्ट्याउने कुरा औपचारिक रूपमा होइन, वास्तविक रूपमा सुनिश्चित हुनुपर्छ,” उनले भने। उनले भद्दा र परिणामविहीन संरचनाको कुनै अर्थ नभएको भन्दै परिणाममुखी कामका लागि सेवा करारमा कर्मचारी राख्ने र टेबुल-टेबुलको काम अन्त्य गर्ने संरचना बनाउनुपर्ने सुझाव दिए।

“देशको कार्यकारी अधिकारी प्रधानमन्त्रीमा निहित छ, तर टेबुल-टेबुलको अन्त हुने गरी जानुपर्छ। यो ऐनले यस्ता समस्यालाई समेत सम्बोधन गर्नुपर्छ,” शर्माले जोड दिए। उनले संघीयता कार्यान्वयनमा गम्भीर छलफल र इमानदार प्रयास जरुरी रहेको भन्दै विधेयकलाई प्रभावकारी बनाउन सबैको ध्यानाकर्षण गराए।