२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरियाली कायम गर्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ध्यान दिनुपर्छ : मन्त्री ठकुरी

अ+ अ-

पाटन (ललितपुर) । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरलाई न्यूनीकरणका लागि वृक्षारोपणमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन् । 

‘हरियाली बढाऔँ, हिमाल जोगाऔँ’ भन्ने नाराका साथ राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा वन तथा भू–संरक्षण विभागद्वारा आज गोदावरीमा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले सरकारले वन, वन्यजन्तु र जडीबुटीको संरक्षण गर्दै बताए । 

उनले वनको संरचनामा रहेका कानूनी जटिलतालाई समाधानका लागि  पुरानो ऐनलाई समयसापेक्ष संशोधन र परिवर्तनको तयारी भइरहे जानकारी दिए । मन्त्रीले ठकुरीले सरकारले एक घर दुई रुख अभियान अगाडि बढाउने तयारी गरिरहेको उल्लेख गर्दै  वन क्षेत्रमा फलफूलजन्य बोटबिरुवा रोपेर मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले मानिसको जन्मदेखि मृत्युपर्यन्त रुखको महत्त्व रहेको भन्दै समृद्धिको लागि वृक्षारोपण आवश्यक भएको बताए। 

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य एवं पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले देशको ४६ प्रतिशत भूगोल वन क्षेत्रबाट जम्मा रु दुई अर्ब आम्दानी लिन नसकेको बताए। 

जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले बाढिपहिराले क्षतविक्षत बनाएको स्थानमा बृक्षरोपण र पुन:निर्माणलाई जोड दिँदै बगरमा परिणत भएका मानिसका बस्तीहरूलाई संरक्षण गर्न जोड दिनुपर्ने बताए । 

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले वनलाई प्रभावकारी रूपमा संरक्षण गर्न र वनबाट उत्पादित सामग्री सहज रूपमा उपयोग गर्न सक्ने गरी वनसम्बन्धी ऐन तथा नियमावलीहरू संशोधन गरिनुपर्नेमा जोड दिए। सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले नेपालका एक करोड ६२ लाख उपभोक्ता वनमा आबद्ध भएको बताए। उनले देशको अर्थतन्त्रमा सामुदायिक बनको योगदानलाई अभिवृद्धि गर्न जोड दिने बताए।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले शून्य कार्बन उत्सर्जनअन्तर्गत तीन करोड वृक्षारोपणलाई जोड दिँदै ७७ जिल्लामा रहेका ८४ वटा डिभिजन वन कार्यालयमार्फत नि:शुल्क बिरुवा वितरण हुने जानकारी गराए।