२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ करोडका आरोपीलाई एक घण्टामै सफाई, रविलाई ४२ डिग्रीमा तड्पाउने ? भन्दै स्वर्णिम वाग्लेको आक्रोश

अ+ अ-

काठमाडौँ । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले बिहीबार र शुक्रबार रुपन्देहीमा पार्टीले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।

पार्टी सभापति रहेका रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा कारागारमा राखिएको भन्दै पार्टीले देशका विभिन्न स्थानमा त्यसविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।

त्यही अभियानमा साथ दिन उपसभापति वाग्ले रुपन्देही आएका हुन् । बिहीबार आएका उनले शुक्रबार बिहान कारागारमा रहेका पार्टी सभापतिलाई भेटेको र उनीप्रति आत्मबल बढेको जनाएका छन् ।

शुक्रबार सभापति लामिछानेलाई भेटेपछिको कार्यक्रममा वाग्ले निकै आक्रोशित रूपमा सरकार र पुराना पार्टीहरूले लिएको राजनीतिक प्रतिशोधको कडा आलोचना गरेका छन् । उनले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई केही दिनअघि १८ करोडको मुद्दामा १ घण्टामै ३५ लाख धरौटीमा छाडेको विषय गम्भीरताका साथ उठाउँदै सरकार, न्यायालयको कडा आलोचना गरे ।

‘रवि लामिछानेसँग आज बिहान एक घण्टा भेटेँ, उहाँसँग उच्च मनोबल भएको भेटमा मैले पाएँ । उहाँलाई कति प्रतिशोध साँधिएको छ भन्ने सबै नेपाली जानकार छन्, हामी राजनीतिक रूपमा बलियो नभईकन यिनीहरू गल्नेवाला छैनन्, प्रतिशोधमाथि प्रतिशोध साँधिएको छ । उस्तै उस्तै काण्डमा प्रहरीले बोलाएर चिया ख्वाएर पठाइएको छ । पूर्वप्रधानमन्त्रीलाई जसलाई १८ करोड भ्रष्टाचारको आरोप लागेको थियो १ घण्टामै सफाई दिने, ३५ लाख देऊ जाऊ भनेर पठाउने ?’, उनले भने, ‘रवि लामिछानेलाई ४-५ वटा जिल्लामा २-३ वटा मुद्दाका दरले नचाइरहने ? तीन तीन तहका अदालतमा करिब ४५ वटा अल्झनमा नचाउन खोजिएको छ ।’

नेता वाग्लेले रास्वपाको बढ्दो क्रेज र लामिछानेको नेतृत्व कमजोर बनाउन यस्ता षडयन्त्र गरिएको र न्यायालयलाई पनि त्यसैमा राख्न खोजिएको आरोप लगाए ।